काठमाडौं । ओपनर आसिफ शेखको शतक मद्दतमा नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले शतक प्रहार गरे । उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो ।
आसिफको शतकसँगै उपाधि भिडन्तमा नेपालले यूएईविरुद्ध बलियो ब्याटिङ प्रदर्शन गरेको छ । अर्का ओपनर अर्जुन कुमाल ६३ बलमा ४३ रन बनाएर आउट भए । इशान पाण्डे १३ रनमा आउट भए ।