काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि प्रयोग हुने प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ ।
कोषको रकममध्ये नौ वाणिज्य बैंकमा १० अर्ब ८ करोड ४३ लाख रुपैयाँ र दुई वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर रहेको प्रधानमन्त्रीको कार्यलयले जानकारी दिएको छ ।
त्यस्तै बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा पूर्वाधार पुनर्निर्माण र नागरिकको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
