काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यही साता भारत जाने भएका छन् ।
उनी यही बिहीबार भारत भ्रमणमा जान लागेका हुन् ।
भारतीय समकक्षी निर्मला सितारमणको निमन्त्रणमा अर्थमन्त्री वाग्ले बिहीबार भारत भ्रमणमा जान लागेका हुन् ।
अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता गर्ने बताइएको छ।