काठमाडा । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आगामी असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ।
‘टिङटिङ एन्ड थर्ड फ्याक्टर एआई’ को सहकार्यमा ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा कार्यक्रम आयोजना हुनेछ।
यसअघि भाद्र ११ गते तय भएको यो कन्क्लेभ रसुवामा आएको भीषण बाढी–पहिरोका कारण स्थगित गरिएको थियो। आयोजकले स्थगित कार्यक्रमलाई थप परिमार्जन र सशक्त बनाएर सञ्चालन गर्न लागेको जनाएको छ।
मुख्य थिम र छलफलका विषय यस वर्ष कन्क्लेभको मुख्य थिम “बिल्डिङ डिजिटल रेजिलियन्स: रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी” राखिएको छ। कार्यक्रममा विशेष गरी विपद्को समयमा सक्षम, समावेशी र नागरिककेन्द्रित डिजिटल प्रणालीको प्रयोग, डिजिटल गभर्नेन्स, डेटा, एआई, सार्वजनिक सेवा र डिजिटल अर्थतन्त्रका विषयमा गहन छलफल हुनेछ।
कार्यक्रमका मुख्य आकर्षणहरू:

सहभागिता र वक्ता: सरकारी अधिकारी, नीतिनिर्माता, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता र युवा नवप्रवर्तकसहित ५०० भन्दा बढीको सहभागिता रहनेछ। कार्यक्रममा ५0 भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले विचार प्रस्तुत गर्नेछन्।

विभिन्न सत्रहरू: ३ भन्दा बढी किनोट स्पिच, ५ भन्दा बढी प्यानल संवाद, पावर संवाद, डिजिटल स्पार्क प्रस्तुति तथा डिजिटल लिडरसिप डाइलग सञ्चालन हुनेछन्।
इन्नोभेसन प्रदर्शनी: नेपालमा विकास भएका प्रविधि तथा इन्नोभेसन इकोसिस्टममा काम गरिरहेका २५ भन्दा बढी कम्पनीका समाधानहरू प्रदर्शनीमा राखिनेछन्। साथै, १० भन्दा बढी स्टार्टअपले ‘आइडिया पिचिङ’ गर्नेछन्।
आयोजक र सहयोगी संस्थाहरू विगत पाँच वर्षदेखि डिजिटल रूपान्तरणका लागि यो कन्क्लेभ आयोजना गर्दै आएको आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्साल र संयोजक हेमपाल श्रेष्ठका अनुसार यसलाई नीतिगत छलफलको साझा मञ्चका रूपमा अघि बढाइएको छ।
कार्यक्रमको ‘पावर्ड बाइ’ मा फोन पे र ‘कनेक्टेड बाइ’ मा एनसेल बिजनेस रहेका छन्। साथै, सस्तो टिकट, क्यान महासंघ, नेपाल चेम्बर अफ कमर्स, फिनटेक अलायन्स, एआई एसोसिएसन नेपाललगायत दर्जनौँ संस्थाहरूको सहकार्य रहेको छ।
कार्यक्रममा सहभागी हुन तथा थप जानकारीका लागि आधिकारिक वेबसाइट digitalconclave.org मार्फत टिकट खरिद गर्न सकिनेछ।