काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोटेकोशी बाढीपीडितलाई ६१ लाख ६२ हजार ५०८ रुपैयाँ सहयोग गरेको छ ।
बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
उद्धार कोषमा आयोगका पदाधिकारीबाट १५ दिनको तलब, आयोगका सचिव तथा मातहत कार्यालयका निजामती, प्रहरी सेवाका सहसचिव र सो सरहका राष्ट्रसेवक कर्मचारीहरूको दश १० दिनको तलब जम्मा गरिएको छ ।
उपसचिव, शाखा अधिकृत र सो सरहका राष्ट्रसेवक कर्मचारीहरूको सात दिनको, राजपत्रअनंकित राष्ट्रसेवक कर्मचारीहरूको पाँच दिनको र श्रेणीविहीन कर्मचारीहरूको दुई दिन बराबरको तलब स्वैच्छिक रूपमा कट्टा गरी जम्मा गरिएको छ ।