काठमाडौं । हिमालयन एयरलाइन्सका कर्मचारीहरुले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेका छन्।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कम्पनीका कर्मचारीका तर्फबाट १३ लाख २० हजार ६६६ रूपैयाँ जम्मा गरिएको हो। एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उक्त रकमबराबरको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेललाई हस्तान्तरण गरेका हुन्।
आर्थिक सहयोगका साथसाथै कर्मचारीहरुले लुगाफाटा संकलन गरी सहयोग गरेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशुली करिडोर आसपासका विभिन्न बस्तीहरूमा व्यापक जनधनको क्षति हुनुका साथै कैयौँ नागरिकहरू विस्थापित भएका छन्।
घर, सडक, पुल तथा अन्य महत्वपूर्ण भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ। राहत तथा पुन:स्थापनाका लागि सरकारी कोषमा आर्थिक सहयोग निरन्तर जुटिरहेको छ।
