काठमाडौं । नेपालमा टायल तथा निर्माण सामग्रीको बजारमा आफ्नो पहुँच विस्तार गर्दै कजारिया रमेश टायल्स लिमिटेडले प्रधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरका रूपमा सञ्चालनमा ल्याएको छ ।
नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि कजारियाका टायल उत्पादनमा ग्राहकको पहुँच थप सहज हुने भएको छ ।
प्रधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज ५ गते सोमबार बिहान ११:३० बजे आयोजना गरिएको थियो । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा कम्पनी तथा ग्यालरीका प्रतिनिधि, निर्माण तथा इन्टेरियर क्षेत्रका व्यवसायी र स्थानीय ग्राहकहरूको सहभागिता रहेको थियो ।
नयाँ डिलरमा ग्राहकको आवश्यकता तथा पछिल्लो डिजाइन ट्रेन्डलाई ध्यानमा राखेर कजारियाका वाल तथा फ्लोर टायलका विभिन्न प्रिमियम कलेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले एउटै स्थानबाट विभिन्न डिजाइन, टेक्सचर, फिनिसिङ तथा साइजका टायल अवलोकन गरी आफ्नो रुचि, स्थानको आवश्यकता तथा परियोजनाअनुसार छनोट गर्न सक्नेछन् ।
प्रधान हार्डवेयर ग्यालरीमार्फत घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा निर्माण क्षेत्रसँग सम्बन्धित अन्य ग्राहकले कजारियाका टायल कलेक्सन सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका प्रतिनिधिले नयाँ डिलरलाई आधिकारिक नेटवर्कमा समावेश गर्न पाउँदा खुसी व्यक्त गर्दै यस सहकार्यले नेपालभर कजारियाको खुद्रा पहुँच थप विस्तार हुनुका साथै ग्राहकलाई गुणस्तरीय तथा आधुनिक डिजाइनका टायल सहज रूपमा उपलब्ध गराउन सहयोग पुग्ने बताएका छन् ।

उद्घाटन समारोहकै अवसरमा कजारिया रमेश टायल्सले प्रधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरको प्रमाणपत्रसमेत प्रदान गरेको छ । प्रमाणपत्रसँगै कजारिया र प्रधान हार्डवेयर ग्यालरीबीचको व्यावसायिक साझेदारीलाई औपचारिकता दिइएको कम्पनीले जनाएको छ ।

१०० भन्दा बढी शोरुम
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्डअनुसार टायल उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार नेपालभर हाल १०० भन्दा बढी शोरुम तथा बिक्री केन्द्रमार्फत आफ्नो उपस्थिति विस्तार गरिएको छ ।
कम्पनीले ३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पसहित विभिन्न प्रकारका टायल उपलब्ध गराउँदै आएको जनाएको छ । यसको उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल, सेरामिक वाल टायल तथा हेभी ड्युटी भिट्रिफाइड टायललगायत रहेका छन् ।
कम्पनीका अनुसार कजारियाका उत्पादन दीर्घकालीन टिकाउपन, कार्यसम्पादन तथा डिजाइनलाई ध्यानमा राखेर उत्पादन गरिएका छन् । पानी तथा दाग प्रतिरोधी क्षमता, मजबुती र आधुनिक डिजाइनलाई कम्पनीले आफ्ना उत्पादनको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरेको छ ।
कजारिया रमेश टायल्सका अनुसार कम्पनीले सुपरब्रान्ड २०२५, ‘एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका मान्यता प्राप्त गरेको छ । कम्पनीलेआईएसओ९००१:२०१५ तथा आईएसओ१४००१:२०१५प्रमाणीकरण प्राप्त गरेको र इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (आईजीबीसी) को सदस्य रहेको जनाएको छ । त्यस्तै, कम्पनीलेएनएस गुणस्तर पुरस्कार २०२६समेत प्राप्त गरेको उल्लेख गरेको छ ।
नयाँ डिलर सञ्चालनसँगै कजारिया रमेश टायल्सले नेपालका प्रमुख तथा उदीयमान बजारमा आफ्नो खुद्रा सञ्जाल विस्तार गर्दै ग्राहकको नजिक टायलका विभिन्न विकल्प पुर्याउने प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।