काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ बिन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।