काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोली फर्किएको छ ।
आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा पुगेको टोलीले अपराध अनुसन्धान कार्यालयको गेटमा कम्तिमा पनि ४५ मिनेट बिताएको थियो । भेट्न नपाएपछि आयोगको टोली फिर्ता भएको हो ।
प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै राति १२ बजे उनकै निवासबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय राखिएको छ ।
