काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले टोलीले सोमबार बिहान घरबाट पक्राउ गरेको हो।
प्रसाईंले सामाजिक सञ्जालमा सहिदकी आमासमेत रहेकी सत्तारूढ रास्वपा सांसद रचना खतिवडालाई लक्ष्य गर्दै अभिव्यक्ति दिएका थिए। त्यस अभिव्यक्तिविरूद्ध सांसद खतिवडाले संसदमै बोलेकी थिइन्।
प्रहरीले प्रसाईंलाई सो अभिव्यक्तिको आधारमा पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार प्रसाईंलाई राष्ट्रिय सांसद रचनाबारे दिएको अभिव्यक्तिसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको हो।
प्रसाईंले सांसद रचनालाई लक्ष्य गर्दै ’छोराको शवसँग सांसद पद साटेको’ अभिव्यक्ति दिएका थिए।
अदालतबाट पक्राउ गर्ने अनुमति लिएर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइनेछ।
