काठमाडौँ, भदौ २७ – देशभर २४ घण्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ महिला र ११ जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंका तीनजना ७६ वर्षीया महिला, ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
पर्साकी ७८ वर्षीया महिला, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS