काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको दुर्घटना बीमा गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकलाई उनीहरूको सदस्यता वर्गका आधारमा अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ ।
कम्पनीले आफ्ना ग्राहकलाई तीन तहमा वर्गीकरण गरेको जनाएको छ ।
कम्पनीका अनुसार सिल्भर सदस्यलाई १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यलाई ५ लाख रुपैयाँसम्म र डायमन्ड सदस्यलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुनेछ ।
उक्त बीमा सुविधा आगामी बडादसैँको घटस्थापनादेखि लागू हुने कम्पनीले जनाएको छ । ग्राहकको सुरक्षालाई ध्यानमा राखेर सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता गरिएको हिमालयन बुलियनले जनाएको छ ।

गरगहनासम्बन्धी कारोबार गर्दै आएको हिमालयन बुलियनले आफ्ना ग्राहकको वर्गीकरण गरी सोहीअनुसार बीमा सुविधा उपलब्ध गराउने जनाएको छ ।
