धरान, । नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले धरानमा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ।
बहुप्रतीक्षित बिपुल क्षेत्री कन्सर्टका बीच गरिएको उक्त सार्वजनिकरणले लाइभ संगीतको उत्साह र नेपालको पहिलो 150cc Hyper Sport Scooter को Hyper Sport चरित्रलाई एउटै मञ्चमा जोडेको थियो।
कार्यक्रममा TVS प्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूको उपस्थितिमा NTORQ परिवारकै सबैभन्दा नयाँ तथा शक्तिशाली स्कुटरको अनावरण गरिएको हो।
TVS NTORQ 150 को औपचारिक अनावरण चर्चित गायक बिपुल क्षेत्री, श्री पौरख लुइँटेल – Managing Director, Paras Automobile – TVS Itahari, तथा श्रीमती करुणा पुडासैनी, Senior Marketing Manager, Jagdamba Motors ले संयुक्त रूपमा मञ्चमा गर्नुभएको थियो। कन्सर्टको ऊर्जामय माहोलबीच गरिएको उक्त अनावरणले पूर्वी नेपालमा TVS NTORQ ब्रान्डका लागि महत्वपूर्ण क्षणको प्रतिनिधित्व गरेको छ।
TVS NTORQ 150 मा 149.7cc air-cooled O3CTech engine रहेको छ, जसले 7,000 rpm मा 13.2 PS power र 5,500 rpm मा 14.2 Nm torque उत्पादन गर्छ। यसले 0–60 km/h को गति 6.3 सेकेन्डमा हासिल गर्न सक्छ भने यसको अधिकतम गति 104 km/h रहेको छ। यसले राइडरलाई अझ गतिशील र performance-focused riding experience प्रदान गर्ने लक्ष्य राखेको छ।

Stealth aircraft बाट प्रेरित यस स्कुटरमा MULTIPOINT® projector headlamps, aerodynamic winglets, jet-inspired vents, coloured alloy wheels, naked motorcycle-style handlebar र distinctive T- shaped tail lamp जस्ता डिजाइन विशेषता समावेश छन्। यसको sporty stance, bold styling तथा signature muffler note ले NTORQ ब्रान्डको racing DNA झल्काउँछ।

सार्वजनिकरणका अवसरमा जगदम्बा मोटर्सकी Senior Marketing Manager श्रीमती करुणा पुडासैनीले भन्नुभयो, “TVS NTORQ ले आफ्नो performance, technology र distinctive design मार्फत नेपालभरिका युवा राइडरहरूसँग बलियो सम्बन्ध निर्माण गरेको छ। NTORQ 150 मार्फत हामी यही legacy लाई अझ bold र powerful offering का साथ अगाडि बढाउँदैछौं। धरानमा बिपुल क्षेत्रीको कन्सर्टका बीच यसको सार्वजनिकरण गर्न पाउनु अझ विशेष रह्यो, जहाँ संगीतप्रतिको प्रेम, youth culture र Hyper Performance एउटै स्थानमा जोडिए।”

उहाँले थप भन्नुभयो, “TVS का लागि धरान एक महत्वपूर्ण बजार हो, जहाँ युवा तथा progressive riders को जीवन्त समुदाय रहेको छ। TVS NTORQ 150 को सार्वजनिकरणमार्फत हामी यस क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउँदै राइडरहरूको विकसित हुँदै गएको अपेक्षासँग मेल खाने उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौं। सार्वजनिकरणमा प्राप्त उत्साहजनक प्रतिक्रियाले हामीलाई निकै प्रोत्साहित गरेको छ। धरानसँगै नेपालभर NTORQ 150 राइडरहरूको बलियो रोजाइ बन्ने विश्वास हामीले लिएका छौं।”
TVS NTORQ 150 मा TVS SmartXonnect™ प्रविधिसहित 50 भन्दा बढी connected features उपलब्ध छन्। यसमा turn-by-turn navigation, last parked location, call तथा message notifications र ride modes लगायतका सुविधाहरू समावेश छन्। आजको पुस्ताका लागि अझ smart र connected riding experience प्रदान गर्नेगरी यसको डिजाइन गरिएको छ।
राइडरको आत्मविश्वास, सुरक्षा र सुविधालाई ध्यानमा राख्दै स्कुटरमा Single Channel ABS, traction control, hazard lamps र follow-me headlamps उपलब्ध छन्। त्यसैगरी telescopic suspension, adjustable brake levers, patented E-Z centre stand तथा 22-litre under-seat storage ले दैनिक प्रयोगमा थप आराम र व्यावहारिकता प्रदान गर्छ।
TVS NTORQ 150 तीन आकर्षक रंग — Stealth Silver, Racing Red र Turbo Blue — मा उपलब्ध छ। यसको introductory price रु. 3,69,900 तोकिएको छ। यो स्कुटर हाल नेपालभर रहेका जगदम्बा मोटर्सका डिलरसिपहरूमा
उपलब्ध छ।
धरानमा गरिएको यस सार्वजनिकरणसँगै जगदम्बा मोटर्सले नेपालभरका राइडरहरूलाई innovative, performance-led तथा technology-driven mobility solutions उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।