काठमाण्डौँ — बेतन कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम शुरु गरेको छ ।
छ लाख बढी सञ्चयकर्ताको लगानीमा कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाको इआइए शुरु भएको हो ।
आयोजना निर्माणका लागि कोषले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी स्थापना गरेको छ ।
कम्पनीले आज एक सूचनामार्फत वातावरणीय प्रभाव मूल्याङ्कनको काम शुरु भएको जनाएको छ ।
शुरुमा ६८८ मेगावाट क्षमतामा निर्माण गर्न निर्णय भएको भए पनि कर्णाली चिसापानी आयोजनाको आधार क्षेत्रमा नै सो परियोजना रहने भएकाले क्षमता घटाएर कूल ४२५ मेगावाटमा झारिएको छ ।
FACEBOOK COMMENTS