काठमाडौं। नेपालमा जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्सले घटस्थापनाको अवसरमा देशभरका १२ शाखामार्फत २७ भन्दा बढी ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण गरेको छ।
दशैंको पहिलो दिन विशेष कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘जेसीबी शुभारम्भ’ नामक अभियानअन्तर्गत ग्राहकलाई नयाँ मेसिन हस्तान्तरण गरेको हो। कम्पनीले घटस्थापनाको शुभ अवसरलाई नयाँ कामको थालनी र व्यवसायमा प्रगतिको प्रतीकका रूपमा मनाएको जनाएको छ।
घटस्थापनाको परम्पराअनुसार आयोजित कार्यक्रममा मेसिनहरूको पूजा, टीका तथा माल्यार्पण गरी ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो। ग्राहकका परिवारका सदस्य तथा एमएडब्लू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा केक काट्नुका साथै मिठाई वितरण गरिएको थियो। त्यसपछि ग्राहकहरूले आफ्ना नयाँ मेसिन लिएर शाखा परिसरबाट प्रस्थान गरेका थिए।
कम्पनीका अनुसार हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, एक्साभेटर, एग्रिम्याक्सलगायत विभिन्न मोडेलका मेसिन छन्।
कार्यक्रममा एमएडब्लू अर्थमुभर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गा प्रसाद निरौलाले घटस्थापना नेपालीहरूले शुभकार्यको सुरुवात गर्ने विशेष दिन भएको बताए।

उनले भने, “आज २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबी मेसिनसँगै आफ्नो व्यवसायमा नयाँ अध्याय सुरु गर्नुभएको छ। हाम्रा लागि यो केवल मेसिन हस्तान्तरण मात्र होइन, २७ भन्दा बढी परिवार र व्यवसायका लागि नयाँ सुरुवात पनि हो। हामीमाथि विश्वास गर्नुभएका सबै ग्राहकप्रति आभारी छौँ।”

नयाँ हस्तान्तरण गरिएका मेसिनहरू देशका विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण, कृषि तथा आर्थिक गतिविधिसँग सम्बन्धित अन्य क्षेत्रमा प्रयोग गरिने कम्पनीले जनाएको छ। यी मेसिनले निर्माण तथा उत्पादनमूलक क्षेत्रमा काम गर्ने व्यवसायीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।