काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९३.८१ अमेरिकी डलर र चाँदी ६०.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
