काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।
हृदयघात भएको आशंका गरिएका पौडेललाई उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने क्रममा निधन भएको हो ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्याउँदै निधन भइसकेको थियो ।
डा. पौडेल लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा लागेका थिए । पछि एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि त्यसमा असहमति जनाउँदै उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनले जनता टिभी पनि सञ्चालन गर्दै आएका थिए ।
