काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ ।
प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो ।
रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता नभएको दाबी गरेका छन् ।
रोनाल्डोले यसअघि आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्दै सहकर्मी र समर्थकसँग माफी मागेका थिए । रोनाल्डोले पोर्चुगलका लागि खेलेका २३४ अन्तर्राष्ट्रिय खेलमा १४६ गोल गरेका छन् । प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा उनलाई ३० दिन निलम्बन पनि गरिएको छ ।