काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्व सहरी विकासमन्त्री प्रभु शाहले शहीद परिवारको हातबाट दसैँको टीका तथा आशीर्वाद ग्रहण गरेका छन् ।
विजयादशमीको अवसरमा शाहले देश र जनताका लागि प्राण आहुति दिने शहीद परिवारको हातबाट टीका तथा आशीर्वाद ग्रहण गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै महापर्व बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।