काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीको अवसरमा शुभसाइतमा दसैँको टीका, प्रसाद तथा जमरा ग्रहण गरेका छन् ।
उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उनले गुरु पुरोहितबाट टीका, प्रसाद तथा जमरा ग्रहण गरेका हुन् । उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले यसबारे जानकारी दिएका छन् ।
गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपति यादवले परिवारका सदस्यहरूलाई पनि टीका लगाइदिएका थिए ।