काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले यस वर्षको बडादसैँ आफ्नो पुख्र्यौली गाउँ धनुषाको सपहीमा परिवारजन तथा दाजुभाइसँग मनाएका छन्।
विजयादशमीको अवसर पारेर पूर्वराष्ट्रपति यादव मंगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपही पुगेका थिए। उनले गाउँमै परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गरी दसैँ मनाएका हुन्।
परिवारजन र दाजुभाइसँगै बसेर उनले आपसमा टीका तथा शुभकामना आदानप्रदान गर्दै दसैँको खुसी साटेका थिए। गाउँमा आफन्तसँगको भेटघाट र पारिवारिक जमघटका बीच यादवले यस वर्षको विजयादशमी मनाएका हुन्।