काठमाडौं । भोलिदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)को कारोबार डेढ अर्ब हुने अनुमान गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष पदमबहादुर खड्काले भोलिदेखि सुरू हुने लिगको कारोबार १५० करोड रुपैयाँसम्मको हुने बताए
खड्काका अनुसार स्पोन्सर, टिकट आदिबाट २० करोड रुपैयाँको संघलाई आम्दानी हुने छ । संघले यस वर्ष ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने तथा सोही बराबरको रकम टिमका ओनरले पनि गर्ने हुनाले झन्डै १५० करोड रुपैयाँको कारोबार हुने उनले बताए ।
