काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको भाउ घटेको छ।
बिहीबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।