काठमाडौं । भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बारे राष्ट्रिय सभाको संसदीय विशेष समितिले सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने भएको छ ।
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
संघीय संसद् सचिवालयस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा विपद्बाट प्रभावित क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको अवस्था र सम्बन्धित मन्त्रालयले गरेका कामबारे छलफल हुने जनाइएको छ ।