काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जनाको नाम सर्टलिस्टमा राख्दै कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा बोलाएको छ ।
अर्थ मन्त्रालयका अनुसार कोषको सीईओ पदमा एक दर्जन आवेदन परेको थियो । जसमध्ये ७ जनाको नाम अस्वीकृत भएको छ । तोकिए अनुसार कागजात प्राप्त नभएका आवेदकको नाम अस्वीकृत भएको मन्त्रालयले जनाएको छ ।
नाम स्वीकृत भएर सर्टलिस्टमा परेकामा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा छन् ।
उनीहरूबाट व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति र त्यसउपर रणनीतिक छलफल गरिने छ । साथै, उनीहरूको अन्तर्वार्ता समेत हुनेछ । यसका लागि ५ र ६ मंसिर तय गरिएको छ । यस्तो छलफल र अन्तर्वार्ता लोकसेवा आयोगको कार्यालयमा हुने छ ।
आवेदन दिएकामध्ये दिप्त साह, ऋतु प्रधान, सुमनकुमार वैद्य, प्रबुद्ध दाहाल, डा. होमनाथ गैरे, दिनेश दुलाल र दीलिपराज पौडेलको नाम भने अस्वीकृत भएको छ ।
