काठमाडौँ । सरकारले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत पुरस्कार घोषणा गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कात्तिक १ देखि कात्तिक १५ सम्म १५ जनाका लागि जनही १ लाख ३३ हजार ३४ र पाक्षिक रूपमा १ जनालाई बम्पर उपहार दिने कार्यक्रम अन्तर्गत १० लाख पाउने करदाता घोषणा गरिएको हो ।
कात्तिक ५ मा बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका जनकपुरका ०९८०४६५५८१७५ नम्बरका करदाताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् ।
अर्थ मन्त्रालयमा आज आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रमा ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जिते ।


१० लाख जित्ने उपभोक्तालाई आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाई दिएका थिए । करदाता प्रोत्साहन कार्यक्रम घोषणा कार्यक्रममा किक्रेट खेलाडी ललितनारायण राजवंशी समेत उपस्थीत थिए । बजारबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका उनले पुरस्कार जितेको मन्त्रालयले जनाएको छ ।
