हाम्रो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा छः अध्यक्ष हर्क राई
कर्पोरट खबर
10:11 pm, मंगलबार, कात्तिक १७, २०८३
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी गरिब जनताको पक्षमा रहेको बताए।
- राईले सुकुमबासी समस्या समाधानमा सरकार गम्भीर नबनेको आरोप लगाउँदै सत्तामा पुगेपछि जग्गा र बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए।
झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन् ।
मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गरेका छन् ।
अध्यक्ष राईले सुकुमबासी समस्या समाधानमा वत्र्तमान सरकार गम्भीर नबनेको आरोप लगाउँदै भने “सरकारमा नभएका कारणले हामीले आवाज मात्र उठाउन सकेका छौँ । सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ ।”
झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष राईले हरेक नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरे ।