काठमाडौं । माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर वापत्को १३ लाख ६३ हजार ६३७ कित्ता शेयर कात्तिक १७ गते नेप्सेमा सूचीकृत भएको हो ।
कात्तिक १८ गतेदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीले यो वर्ष १० प्रतिशत बोनस शेयरसँगै कर समेत १२ दशमलव ५३ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ ।
लाभांश प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिन बुक क्लोज गरेको छ ।

बुक क्लोजको आधारमा भदौ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।
