काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
दुई दिने भ्रमणका लागि आज नेपाल आएका विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच द्विपक्षीय हीतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने तथा सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने सम्बन्धी विविध विषयमा छलफल भएको छ।
छलफलमा दुई देशका उच्चाअधिकारी सहभागी थिए। यता प्रधानमन्त्री बालेन मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले भ्रमणको तयारी गरिरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसँग भेटवार्तापश्चात द्विपक्षीय सहमतिका आधारमा भ्रमणको मिति तोकिने तयारी छ।