काठमाडौं । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
४१ वर्षीय रोनाल्डोको यो घोषणासँगै पोर्चुगलको जर्सीमा उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन अन्त्यतिर पुगेको छ ।
रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा लिने आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
उनले आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेल अवधिपछि पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास लिने बताएका छन् ।
‘अब सात नम्बरको जर्सी फिर्ता गर्ने समय आएको छ,’ रोनाल्डोको घोषणाको आशय छ ।
