१–संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतमा ४ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन, रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन
२–भोटेकोशीको बाढीको विपदमा परी २ दुई २९४ नेपाली र १७१ विदेशीको नाम सार्वजनिक, सच्याउन ७ दिनको समय, ३२ जिल्लाबाट प्राप्त विवरणमध्ये सबैभन्दा बढी रसुवाका १ हजार ५३८ र सिन्धुपाल्चोकका २१९ जना व्यक्ति बेपत्ता
३–पत्रकार महासंघले छठपछि चरणबद्ध रुपमा आन्दोलन गर्ने, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता लिन माग, मिडियामाथि नियन्त्रणको प्रयासविरुद्ध सडकमा उत्रिए युवा
४–कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने, बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहर नफाली व्यवस्थापन गर्न पनि महानगरको आग्रह

५–तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी,अनुमानित मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने अनुमान

६–एनपीएलमा नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तारसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा, शनिबार आज एकमात्र खेल हुदै, काठमान्डु गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सको सामना गदैँ

७–वायु प्रदूषण बढेपछि भारतको दिल्लीमा नियन्त्रणका कडा उपाय लागू,ह्वाइट हाउस नजिकै हतियारसहित भेनेजुएलाका युवक पक्राउ