काठमाडौं । अनमोल केसी अभिनीत फिल्म ’बाटुलो जून’ प्रदर्शनमा आएको छ। फिल्म आज (बिहीबार)देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो।
प्रदर्शनको पहिलो दिन बिहानैदेखि फिल्मले दर्शकको राम्रो साथ पाएको छ। काठमाडौं उपत्यकासहित चितवन, बुटवललगायतका सहरमा फिल्मका शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ।
बिहीबार बिहानैका कतिपय शो हाउसफुल भएका छन् भने अन्य शोमा पनि अकुपेन्सी उच्च देखिएको छ। बिहानका शोमा देखिएको दर्शकको चाप दिउँसो र बेलुकाका शोमा पनि कायम रहने संकेत देखिएको छ। बेलुकासम्मका शोमा समेत अग्रिम बुकिङ बलियो देखिन्छ।
बुकिङमा सिटहरू क्रमश: भरिँदै जाँदा फिल्मको बुकिङ राताम्मे हुँदै गएको छ। कतिपय शो शोटाइमअघि नै हाउसफुल देखिएका छन्।
यो फिल्मले प्रदर्शनअघि नै दर्शकमाझ राम्रो हाइप बनाएको थियो। फिल्मको हाइपलाई मध्येनजर गर्दै मल्टिप्लेक्सहरूले पनि फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन्।
