अन्जनराज न्यौपाने
तनहुँ, ३१ भाद्र – व्यास ४ स्थित व्यास युथ क्लबले मृगौला पिडित रामलाल श्रेष्ठलाई ३५ हजार हस्ताण्तरण गरेको छ । श्रेष्ठको जीवन रक्षाका लागि घर दैलो अभियान संचालन गर्दै आएको क्लबले बुधबार सो सहयोग रकम हस्ताण्तरण गरेको हो । उक्त सहयोग रकम नेपाल विद्यार्थी संघका पुर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल, व्यास युथ क्लबका अध्यक्ष मीन बहादुर गुरुङ , क्लबका सदस्यद्व्य कमल गिरी र अन्कित गुरुङ सम्मिलित संयुक्त टोलीले पीडित श्रेष्ठको निवासमा पुगी सो रकम हस्ताण्तरण गरेका थिए । क्लवले भुक्म्प पिडित,कोरोना संक्रमित तथा आर्थिक रुपले कमजोर रहेका र अति विपन्न बर्गहरुलाई सहयोग गर्दै आएको क्लबका अध्यक्ष मीनबहादुर गुरुङ (चरि बाबा)ले जानकारी दिए। ‘हामी विपन्न बर्गको सहयोगको खोजीमा निरन्तर तल्लिन छौ, सहयोगी मन सेवाभावमा लागेका युवा क्रियाशील छन्’ उनले भने।क्लवले कोरोना संक्रमितहरुका र भुकम्प पिडितहरुकालागि सहयोग जारी राखेको अध्यक्ष गुरुङले बताए ।
FACEBOOK COMMENTS