महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ताि पुजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। साथै, कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।