काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो । भूकम्पको धक्का नेपालसहित बंगलादेश, भारत, भुटान र चीनमा महसुस भएको जनाइएको छ ।