काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लक–इन अवधि आगामी पुस १० गते सकिँदै छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमध्ये ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा उक्त सेयरको कुल मूल्य ४२ लाख ५० हजार रुपैयाँ रहेको छ।
कम्पनीको उक्त सेयर असार ११ गते बाँडफाँट भएको थियो। धितोपत्रसम्बन्धी नियमानुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयर ६ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आगामी २०८३ पुस १० गते लक–इन अवधि समाप्त हुन लागेको हो।
लक–इन अवधि समाप्त भएपछि सामूहिक लगानी कोषको स्वामित्वमा रहेको उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ। यससँगै बजारमा सर्वोत्तम पेन्ट्सको थप ४२ हजार ५०० कित्ता सेयर कारोबारका लागि उपलब्ध हुनेछन्।