काठमाडौँ । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिनेछ ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ ।
सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाट आफैं कट्टा भई गेट खुल्ने हुँदा यात्रुले लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउनेछन ।
सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन । एन–ट्यागमा इसेवा, फोनपे हव, तथा बैंकको मोबाइल बैंकिङ्ग सेवाबाट रिचार्ज गर्न सकिनेछ । बैंकले यो सेवा काठमाडौंभित्र मात्र नभई देशभरका शाखा सञ्जाल मार्फत उपलब्ध गराएको छ, जसले गर्दा उपत्यका बाहिरका सवारीधनीहरूले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्नेछन ।