काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको हो।
योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य १२० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।