काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.०८ अंकले घटेर २६२२.६७ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ६० हजार ३३ कित्ता सेयर ३ करोड ८२ लाख ५ हजार ३२१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।