काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि. अन्तर्गत चांगानका आधिकारिक डिलर जेनोस मोटर्स प्रा.लि. र सर्वा मोटर्स प्रा.लि.ले आगामी साता क्रमशः बुटवल र इटहरीमा नयाँ चांगान नेभो क्यू०५ सार्वजनिक गर्ने भएका छन्।
औपचारिक सार्वजनिक कार्यक्रमअघि नै ग्राहकहरूले विशेष टेस्ट ड्राइभमार्फत यस इलेक्ट्रिक एसयूभीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।
चांगानको न्यू इनर्जी भेहिकल पोर्टफोलियोअन्तर्गतको नेभो क्यू०५ गुणस्तर, आराम र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिने ग्राहकहरूका लागि डिजाइन गरिएको विश्वस्तरीय प्रिमियम सहरी इलेक्ट्रिक एसयूभी हो। ‘ए क्लास एबोभ’ अवधारणाअन्तर्गत क्यू०५ ले आराम, डिजाइन र प्रविधि गरी तीन प्रमुख विशेषतालाई एकसाथ प्रस्तुत गरेको छ।
गाडीमा २ हजार ७३५ एमएमको ह्विलबेस, ढल्काउन मिल्ने पछाडिका सिट तथा ५४० लिटर क्षमताको विशाल बुट स्पेससहित फराकिलो र सुविधासम्पन्न क्याबिन उपलब्ध छ। यी विशेषताले दैनिक आवागमनदेखि पारिवारिक यात्रासम्मलाई थप आरामदायी र व्यावहारिक बनाउने कम्पनीको दाबी छ।
अटोमोबाइल डिजाइनर क्लाउस जिसियोराको नेतृत्वमा ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन विशेषज्ञ सम्मिलित चांगानको विश्वव्यापी डिजाइन नेटवर्कद्वारा विकसित क्यू०५ मा आकर्षक एरोडाइनामिक बनावट, विशिष्ट लाइटिङ डिजाइन र सडकमा प्रभावशाली उपस्थिति रहेको छ। उत्कृष्ट डिजाइनका लागि यस एसयूभीले प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ।

चांगानको गोल्डेन शिल्ड २.० ब्याट्री प्रणाली प्रविधिसहितको ५१.९ किलोवाट आवर क्षमताको सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको क्यू०५ मा थ्रिसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। यसबाट मात्र १५ मिनेटमा ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसको १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरले एनईडीसी मापदण्डअनुसार ४६२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत प्रति १०० किलोमिटर मात्र १२.९ किलोवाट आवर रहेको छ।
