काठमाडौ– सरकारले १० अर्ब रुपैयाँ भन्दा कम पूँजी भएका उद्योगलाई प्रदेश स्तरीय निकायबाटै स्विकृती दिने तयारी गरेको छ।
उद्योग विभागलाई संघिय संरचनामा लैजाने उक्त तयारी थालिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरिएको विभिन्न चरणको छलफलमा १० अर्ब रुपैयाँसम्म पूँजी भएका उद्योगलाई प्रदेशस्तरीय बोर्डबाटै स्विकृती दिन सक्ने गरी ऐन बनाउने तयारी भएको बताइएको छ ।
१० अर्ब रुपैयाँ भन्दा ठूलो लगानी भए लगानी वोर्डबाट स्विकृत गर्ने र १० अर्ब रुपैयाँसम्मको लगानी प्रदेशस्तरीय वोर्डबाट स्विकृत गर्ने गरी छलफल भएको
जनाइएको छ ।
उद्योग विभागलाई नियमनकारी निकायको रुपमा राख्ने र विदेशी लगानी स्विकृत गराउने निकाय मात्रै बनाउने तयारी गरिएको छ।
अहिलेको उद्योग विभागको संरचनामा १० करोड रुपैयाँसम्मको लगानी घरेलु तथा साना उद्योग विभागले स्विकृत गर्ने, १० करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्मको लगानी भए उद्योग विभागले र २ अर्ब रुपैयाँभन्दा बढी १० अर्ब रुपैयाँभन्दा सानो लगानी भए औद्योगिक प्रवर्द्धन बोर्डले स्विकृत गर्ने व्यवस्था छ।
१० अर्ब रुपैयाँभन्दा ठूलो लगानी भए लगानी बोर्डले स्विकृती दिदै आएको छ।
FACEBOOK COMMENTS