ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा मोरङ्गको खोर्सानेमा सञ्चालनमा ल्याएको छ ।
सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा उद्घाटन गरेका हुन् ।
सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कमना गरे । साथै बैंकका संचालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको वताउदै ज्योति विकास बैंक मार्पmत कारोवार गरि सहयोग गर्न अनुरोध गरेका छन् ।
हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम् मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम् संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
FACEBOOK COMMENTS