काठमाडौं, असोज ११ – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको सो साता पुष्टि भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको हो । साथै १७ देशमा रहेका २६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् । तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
FACEBOOK COMMENTS