काठमाण्डौँ —जाजरकोट–डोल्पा सडक खण्डको धाउनी फूलपाती सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।
तरपरे भीर खण्डको ट्रयाक खोलेर ढुवानीको साधन ट्रयाक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा तथा सडकमै नाचगान गरी हर्ष मनाएका छन् ।
यातायातका साधन नचल्दा पीडा तथा अभावमा पिल्सिएर बसेका डोल्पालीको वर्षौंदेखिकोे सडक सपना पूरा भएको छ ।
निर्माणाधीन जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने अन्तिम कडा चट्टानको रूपमा रहेको ५ सय मिटरको तरपरे भीरको ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै डोल्पालीको बर्षौदेखिको सडक सपना पूरा भएको हो ।
तरपरे भीरको ट्रयाक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।
ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङदेखि चुँगाडसम्म सिधा ढुवानी साधनको रूपमा ट्रयाक्टर सञ्चालनमा ल्याइएको नेपाल सेना निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए ।
सदरमुकाम दुनै, बिमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघि नै आन्तरिक यातायातको रूपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्रयाक्टर सञ्चालनमा आइसकेको छ ।
— कारोबार
FACEBOOK COMMENTS