काठमाण्डौँ — दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्म ८ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन्।
भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए।
चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ।
नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ।
मूल्य वृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको संख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए।
FACEBOOK COMMENTS