काठमाण्डौँ — दोलखाको विगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लक्ष्य नजिक पुग्न लागेको छ।
यो स्वदेशी लगानीको सबैभन्दा ठूलो चार सय ५६ मेगावाट क्षमताकोआयोजना हो ।
२०६८ सालबाट निर्माण सुरु गरिएको आयोजनाले लक्ष्य भेट्न तीन प्रतिशत मात्र बाँकी छ।
२०७४ असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्नेमा भूकम्प, तत्कालीन भारतीय नाकाबन्दी र लट–२ को हाइड्रोमेकानिकल ठेकेदारले काममा ढिलाइ गरेको भए पनि आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ।
विभिन्न चार लटमा निर्माण सुरु गरेको आयोजनाको ९७ प्रतिशत लक्ष्य हासिल गर्दा कुल ४० अर्ब रुपैयाँ भुक्तानी भइसकेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS