काठमाण्डौँ — नेपाल र बंगलादेशबीच ऊर्जा संयन्त्रको बैठक आगामी महिना काठमाडौंमा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बंगलादेशसमक्ष प्रस्ताव गर्ने भएको छ ।
मन्त्रालयले नोभेम्बर १५ र १६ मा काठमाडौंमा बैठक गर्ने गरी प्रस्ताव गर्न परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ ।
साउन २५ गते काठमाडौंमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीमा ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशी समकक्षी नसरुल हमिदले हस्ताक्षर गरेका थिए ।
समझदारीमा नेपालबाट बंगलादेशले विद्युत् खरिद गर्ने, नेपाली जलविद्युत् क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने विषय समावेश छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS