काठमाडौं, कात्तिक ४ – श्रीमान-श्रीमतीसहित कोरोना भाइरस संक्रमित आठ जनाको एकै दिन विराटनगरमा मृत्यु भएको छ। पाँच महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, विराट शिक्षण अस्पताल, न्यूरो, विराट नर्सिङ होम, मोरङ सहकारी अस्पताल र नोबेल शिक्षण अस्पतालमा १–१ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालहरूले जनाएका छन्।
मोरङको रंगेली–३ का ८५ वर्षीय वृद्ध पुरुष र ८१ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको हो। दुवै श्रीमानश्रीमती कोरोना भाइरस संक्रमित भई अस्पतालमा उपचाररत थिए। वृद्ध पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको विराट नर्सिङ होमले जनाएको छ। असोज २८ गते पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ।
FACEBOOK COMMENTS