काठमाण्डौ– राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणमा नेपाल उद्योग बाणिज्य महासंघको प्रतिनिधिमण्डल कतार पुगेको छ ।
कतारको ४ दिने औपचारिक भ्रमणमा भवानी राणाको नेतृत्वमा मा उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष्ँ निर्मल भट्टराई, नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारि अधिकृत बिजय बहादुर शाह र महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी रहेका छन् ।
कतारमा रह“दा महासंघको प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपतिको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुका साथै कतारका उद्योगी व्यवसायी र त्यहा“को गैह्र आवासीय नेपाली प्रतिनिधिहरूस“ग समेत औपचारिक भेटवार्ता गर्ने छ ।
महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६÷१७ मा नेपालले कतारबाट रू. ४४ करोड ५३ लाखको वस्तु तथा सामान आयात गरेको र नेपालबाट रू. ९३ लाख ८७ हजार मुल्य बरावरको वस्तु तथा सामान निर्यात भएको पाइन्छ ।

नेपालबाट पास्ता, कार्पेट, हस्ताकलाका सामग्री र चियाकफी निर्यात भएको पाइन्छ भने नेपालले प्लाष्टीक्सजन्य सामान, विद्युतीय सामग्री, मेशीनरी सामान आदि आयात गरेको देखिन्छ । नेपालमा पर्यटन र सेवा क्षेत्रमा गरी करिव १.४८ मिलियन अमेरिकी डलर वरावरको कतारी लगानी रहेको तथ्यांक छ । नेपालमा कतारबाट खासगरी कृषि, उर्जा, पर्यटन, उत्पादनमुलक, पूर्वाधार विकासमा लगानी गर्न सकिने बलियो सम्भावना रहेको देखिन्छ ।

उक्त औपचारिक भ्रमणका क्रममा महासंघका तर्फबाट नेपालमा कतारी लगानी आकर्षणका लागि विशेष पहल गरिने छ । नेपालमा वैदेशिक लगानीका विषयमा मौजुदा कानूनका विषयमा पनि कतारी लगानीकर्ताहरूलाई जानकारी गराईने छ ।

नेपाल सरकारले कृषि तथा बनजन्य उद्योग, उत्पादनमुलक, सेवा क्षेत्र, पर्यटन, उर्जा, सूचना प्रविधि तथा खानीजन्य क्षेत्रलाई वैदेशिक लगानीका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेको छ । कतारमा करिव साढे ४ लाख नेपालीहरू कार्यरत छने भने त्यहा“बाट प्रत्येक महिना करिव १० अरव नेपाली रुपैया“ रेमिट्यान्स स्वदेश भित्रने गरेको छ ।
यो भ्रमणबाट दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी आकर्षण तथा कतारमा रोजगारीको थप अवसर सृजना गर्न भ्रमणबाट महत्वपूर्ण उपलव्धी हासिल हुने महासंघले जनाएको छ ।