काठमाडौं, कात्तिक १६ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोना मुक्त भएका हुन् । कात्तिक १५ शनिबार काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
पौडेलको कात्तिक ६ मा हेटौंडा– १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनलाई गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत थिए ।
मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार पौडेल कोरोना मुक्त भएपनि गंगालालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।
FACEBOOK COMMENTS